छन् यहाँ अनेक थरी मानिसहरु
के गरौँ, नगरौँ परेँ म दोधारमा
हिन्दु, इसाइ, मुस्लिम या बौद्व
मानौँ म यो संसारमा कुन धर्म ?
एउटाको कुरा सुनेँ मैले अर्को ठिक
अर्काको कुरा सुनेँ मैले अर्को नि छैन ठिक
हरेकको आ–आफ्नो बिशेषता सहरमा
मानौँ म यो संसारमा कुन धर्म ?
कोही भन्छन् यहाँ सबै नै जाती छन्
दुःख सुखमा साथ दिने मेरो को साथी छन् ?
कस्तो दियौ हे ! भगवान मलाई कर्म
मानौँ म यो संसारमा कुन धर्म ?
भोगिरहेछु मैले चारैतिर अध्ँयारो
म किन बाँच्न सकिन र आफ्नै संसारमा ?
शोक छैंन् किन यति पाप गर्दा ?
मानौँ म यो संसारमा कुन धर्म ?
भागीरहेछु म यो पापी दुनिँयादेखि
हत्या र हिंसा नहोस् मेरो हातबाट भनी
यति हुदाँ हुँदै पनि मान्दैनन् किन सरम
मानौँ म यो संसारमा कुन धर्म ?
झुटको खेती गर्ने यहाँ मौलाँउदो रहेछ
सत्कर्म त यहाँ बिष पो बन्दो रहेछ
पछि हट्दैनन् ओर्लिन परोस् तल
मानौँ म यो संसारमा कुन धर्म ?
सोचेथेँ मैले यहाँ के ?
भइदियो आज जहाँ जे ?
हुन दिन्छु अझै पनि हुन्छ जे–जे
मानौँ म यो संसारमा कुन धर्म ?
——