म देख्ने भएर नि अन्धो रैछु,रङ्गिन दुनियामा बोलाएर…

0
881
म देख्ने भएरनि अन्धो रैछु,रङ्गिन दुनियामा बोलाएर.
अज्जुली पनि भरिदैन होला,खुशी मात्र केलाएर।
 
भन्थे टुटेर नि मुस्कुराउने लाई जित्न सकिदैन 
फलाम लाई नि त पिट्छन् हजुर आगोमा जलाएर
 
सम्बन्ध धागो जस्तै कमजोर हुन्छ विश्वासमा अडेको
तर मन दुख्दाको मौनताले जान्छ क्षण भरमै टुटाएर
 
थाहा थियो एकदिन सब कुराको अन्त्य हुन्छ भनेर
केही सीप लागेन आखिर चिना हेराएर.
 
उध्रिएको जिन्दगी सिउन कहिले धागो हरायो कहिले सियो
जब दुबै भेटे गयो आखिर जिन्दगी नै हराएर।
 
मन मरेपछि, फेरि अर्को मान्छे मन कसरी पर्छ?
मनको घाटी निचोर्न पाए,किन हिड्छ आँखा डुलाएर
अब त पैताला सेक्न थालेछु यो मुटु जलाएर
 
फेरि पनि मौनता मै हराएछु 
आउदैन काल हजुर हामीले बोलाएर…
अज्जुली पनि भरिदैन होला,खुशी मात्र केलाएर….
 
 
तपाँईलाई यो पोष्ट कस्तो लाग्यो?
+1
7
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0