कलियुग

0
802

म त्यो समय हुँ एउटा परिस्थिति
हावाहुरी हुँ म उडाएर लान सक्छु
पानीको भेल हुँ सबैलाई बगाउन सक्छु
समयको गति हुँ म दौडाउन सक्छु
छिटो कुद्न चाहनेको गति रोक्न सक्छु
बसेकाहरुलाई म हसाँउने तागत बोक्छु
हो, म एउटा कलियुग हुँ ।

जताबाट आयो त्यतै फर्काइदिन सक्छु
असत्यको पनि म जित गराइदिन सक्छु
हत्केलामा राखी हरेकलाई नचाँउछु
धरापमा पारी हरेकलाई हिडाँउछु
भिरबाट खसे पनि चाहे म बचाँउछु
हाँस्दा हास्दै धेरैलाई म यहाँ रुवाउछुँ
हो, यहि स्वार्थी म कलियुग हुँ ।

नपुगेको कुनै ठाँउ छैन नचिनेको पनि नाम
संसार आफ्नो भइहाल्छ हुनेको दाम
कुनै चिन्ता छैन के गरुँ भन्ने
चिन्ता पनि पर्दैन खानलाई कुनै माम
अझै पनि डर छैन जे हुन्छ हुन्छ
हो, म त्यहि त्यहि नै हुँ
कसैले नरुचाउने कलियुग हुँ

ब्रह्मादेखि पनि नहट्ने निष्ठुरी काल हुँ
निर्दाहरु डुब्ने म गहिरो ताल हुँ
म त्यहि सबको मालिक हुँ
प्यासीलाई प्यास मेटाउने म नदि हुँ
रिस उठ्दा घरबार बिगार्ने भडुँवा हुँ
गरीबको रगत चुस्ने म दुष्ट दानव हुँ
हो, म सबैको आँखाको कसिङ्गर कलियुग हुँ ।

काँचो मासु टोक्ने म जङ्गली जीव हुँ
फोहोर सिनो पनि मिठो लाग्ने राक्षस हुँ
रातीराती तर्साउने म डरलाग्दो भूत हुँ
फलामलाई पनि जलाइदिने म आगो हुँ
तँ बाच्ँनलाई फेर्ने सास हुँ
डरलाग्दो कालको म एकमा साक्षी कलियुग हुँ ।

धुलो हुँ म, तँ हिड्ँने बाटोको
सारथी हुँ म यो सिङ्गो संसारको
बर्षौदेखि राज गर्ने एक्लो नायक हुँ
आशाको एकमात्र त्यही म दियो हुँ
मानिसको संसार हेर्ने आँखाको नानी हुँ
छुटाउन गा¥हो हुने कुलतको बानी हुँ
हो, तिमीले खोजेको म त्यहि कलियुग हुँ ।

पैसामा बेचिदिने कुख्यात व्यापारी हुँ
धेरै हल्लाहरु फिज्याउने म गलत समाचार हुँ
नखाएको बिष पनि लाग्ने जादु हुँ
त्यो आश्वासन दिने म वक्ता हुँ
ज्ञानहरु फैलाइदिने माध्ययम हुँ
कसैलाई राम्रो कसैलाई नराम्रो भइदिन्छु
हो, म त्यो कलियुग म नै हुँ ।

तपाँईलाई यो पोष्ट कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0